चलचित्र ‘म्याउँ’ निर्माणको घोषणा
अभिनेता द्वय अनुप विक्रम शाही र उत्तम प्रधानको प्रमुख अभिनय रहने नेपाली चलचित्र ‘म्याउँ’ बन्ने भएको छ । माघे सक्रान्तीको अवसर पार्दै यसको प्रथम भाग घोषणा गरिएको छ ।
चलचित्रमा जय राज रायको लेखन, निर्देशन तथा निर्माण रहनेछ । जय मिडिया म्यानेजमेन्टको प्रस्तुतिमा बन्ने चलचित्रमा प्रमुख भूमिकाको लागि अभिनेत्रीको भने टुङ्गो नलागेको निर्देशक रायले बताए ।
मानसिक रूपमा विक्षिप्त अवस्थाको साइको किलर, जसको आफ्नै समस्याग्रस्त अतीत छ । उसले समाजमा देखाउने आफ्नो उपस्थिति र त्यसबाट उत्पन्न हुने परिस्थितिको कथामा चलचित्र बन्न लागेको रायले बताए ।
दक्षिण भारतीय चलचित्र सङ्गीतका प्रख्यात एजे अलीमिर्जाक नौशाद अलीले सङ्गीत दिने चलचित्रमा दक्षिण भारतीय चलचित्रका पार्श्व गायक गायिका साई भिग्नेश र पद्मलताले स्वर दिनेछन् । दक्षिण भारतीय चलचित्रकै प्रख्यात सिनेमाटोग्राफर आकाश कुमारको डिओपी रहने चलचित्रमा लक्ष्मण सुनारको सम्पादन रहनेछ ।
जेनी खतिवडा राय, केन्द्र रेग्मी र प्रिन्स कुमार चौधरी सह निर्माता रहेको चलचित्रकी कार्यकारी निर्माता निशा खतिवडा हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
