माघ २५ गते रिलिज हुँदै प्रियंकाको ‘ममी’
अभिनेत्रीद्धय प्रियंका कार्की र दीया मास्केको मुख्य भूमिका रहेको सिनेमा ‘ममी’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी माघ २५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।
सिनेमाको सार्वजनिक पोस्टरमा एउटा ठुलो रुखको फेदमा घर अनि प्रियंका र दीयालाई सोही रुखको आकारमा प्रस्तुत गरिएको छ । पोस्टरमा प्रियंकालाई गम्भिर भावमा प्रस्तुत छिन् भने दीयाको रगताम्य अनुहारसहित डरलाग्दो अवतारमा प्रस्तुत छिन् । हरर फ्यामिली ड्रामा कथामा निर्माण भएको सिनेमाले एक परिवारमा छोरी र कुकुरको दुखद् निधन पश्चात रहस्यमय कालो बिरालो अपनाएसँगै निम्तने विपत्तिलाई दखाउने छ ।
एसओ ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा प्रियंका र दीयासँगै सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाल लगायत कलाकारहरूको अभिनय रहेको छ । सिनेमामा समर निरौलाको लेखन तथा निर्देशन रहेको छ । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो ।
लोक राज जोशी र पूर्णिमा जोशी निर्माता अनि सुमन कोइराला कार्यकारी निर्माता रहेको सिनेमालाई निसल पौडेल र शरद महतोले छायांकन गरेका हुन् । दिपेश चौधरीको कलर तथा सुरेन महर्जनको सम्पादन रहेको सिनेमालाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
