‘दुखी आत्मा’मा कवि मुकारुङका कविता
चर्चित कवि श्रवण मुकारुङका कविता अब चलचित्रमा पनि सुन्न पाइने भएको छ । कवि मुकारुङले चलचित्रमा ‘दुखी आत्मा’का लागि बिभिन्न शीर्षकका १० वटा कविता लेखेका छन् ।
दीपेन्द्र लामा लिखित तथा निर्देशित चलचित्रमा सिच्युसन अनुसार उक्त कविताहरु राखिने छ । चलचित्रमा जोडिन पाएकोमा कवि मुकारुङले खुशी व्यक्त गरेका छन् । ‘चलचित्रका फराकिला दर्शक समूहमाझ कविता पुग्नु कुनै पनि स्रष्टाका लागि उत्साहजनक हो,’ उनी भन्छन्, ‘म आफ्ना कवितालाई फरक प्लेटफर्ममा हेर्न आतुर छु ।’
चलचित्रको प्रमुख पात्रको मनोविज्ञान र यसअघि मुकारुङले लेखेका कविताहरुको स्वभावबीच एकरुपता पाइएकोले उनलाई कविता रच्न लगाइएको निर्देशक लामाले प्रष्ट्याए । उनले भने, ‘कवि मुकारुङका कविताले चलचित्रको कलात्मक उचाइ र कथाको आयामलाई बढाउने काम गरेको छ । पात्रको कतिपय भाव र सोचाइलाई संवाद वा दृश्यमार्फत् प्रस्तुत गर्न गाह्रो हुन्छ, त्यसैले यसमा कविताको सहारा लिइएको हो ।’
क्लक वर्क कृएसनको ब्यानरमा हिमाल कडरियाको निर्माण अनि सुदिप ढकाल कार्यकारी निर्माता रहेको चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेयर राईलगायत कलाकार मुख्य भूमिकामा छन । आलोक शुक्लाले खिचेको चलचित्र भ्यालेन्टाइन्स डेको अवसरमा २ फागुनबाट प्रदर्शन हुदैछ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
