प्रदर्शन मिति तय गर्दै चलचित्र ‘यात्रा’को पोष्टर सार्वजनिक
चलचित्र ‘यात्राः अ म्यूजिकल भ्लग’को प्रदर्शन मिति तय गर्दै पोष्टर सार्वजनिक गरिएको छ । यस अघि असोज ५ गते नै प्रदर्शन हुने भनिएको चलचित्रले उक्त समयमा छायाँकन नसकिएको भन्दै चैत्र २९ गतेबाट नयाँ मिति तय गरेको हो ।
सार्वजनिक पोस्टरमा यसका अभिनेता सलिनमान बनियाँको क्यारेक्टरलाई प्रस्ट्याईएको छ । चलचित्रमा सलिनसँगै, सलोन बस्नेत, जाहान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, राजेश बिसुराल, बिशाल पहाडी, देशभक्तखनाल, कमल मैनालीलगायतका कलाकारको अभिनय रहेको छ । यसैचलचित्र मार्फत मल्लिका महतले डेब्यु गर्दैछिन ।
कोटकी कालिका देवीफिल्म्स, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा चलचित्र निर्माण भएको हो । सम्राट शाक्यको डेब्यु निर्देशन रहेको चलचित्रलाई केशव भट्टराई र सुशिल पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन । चलचित्रमा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता र बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सहनिर्माता छन् । कार्यकारी निर्माता भने सर्जुमान लिगल रहेका छन् ।
[MOVIE1]
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
