बालमनोबिज्ञानमा चलचित्र ‘सारंग’ बन्ने
बाल मनोबिज्ञान, बालअधिकार तथा धनी र गरिब परिवार बिचको खाड्लको बिषयमा चलचित्र ‘सारंग’ निर्माण हुने भएको छ । बिहीबार राजधानीमा प्रेसमिट आयोजना गरि चलचित्रबारे जानकारी दिइएको हो ।
कोरियोग्राफरको रुपमा समेत परिचित निर्देशक प्रशान्त तामाङको लेखन तथा निर्देशनमा बन्ने चलचित्रमा ऋचा शर्मा, उत्पल झा, समिर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपिका थापा, सुमन सागर जंग केसीका साथै बालकलाकारद्वय सम्राट थापा र आदित्य कार्कीले अभिनय गर्दैछन् ।
बैशाख २ गतेबाट छायांकन सुरु हुने चलचित्रले समाज, घरपरिवारमा देखि, भोगी आएका बिषयलाई प्रस्तुत गर्ने निर्देशक प्रशान्तले बताए । अभिनेत्री ऋचाले आफूलाई ‘सारंग’ को स्क्रिप्ट निकै मन परेको बताउदै बिगतका आफ्ना चलचित्रहरु भन्दा फरक भूमिकामा देख्न पाउने दावी गरिन् ।
दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रको डिओपी गोपाल राय छन् । मित्र गुरुङले सम्पादन गर्ने चलचित्रका गीत डिपी खनालले लेखेका हुन् भने संगीत शंकर थापा ‘स्माइल’को रहने छ । कार्यक्रममा गीतकार शंकर थापा स्माइल, रंगकर्मी राजेन्द्र रिमाल तथा चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले ‘सारंग’लाई शुभकामना ब्यक्त गरेका थिए । चलचित्र बाल दिवसको अबसर पारेर सार्वजनीक प्रदर्शन गर्ने योजना निर्माण पक्षको छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
