‘राजमहल’ निर्माणको औपचारिक घोषणा

चलचित्र ‘राजमहल’ निर्माणको औपचारिक घोषणा गरिएको छ । बिहिबार काठमाडौमा आयोजित एक कार्यक्रमका बिच घोषणा गरिएको चलचित्रले दरबारको कथा समेट्ने छ ।
सुरावाती चरणमा ‘व्हाइट हाउस’ भनेर प्रचार गरिएता पनि औपचारिक रुपमा चलचित्रको टाइटल ‘राजमहल’ राखिएको छ । सबिन कुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने चलचित्रमा अभिनेत्री आँचल शर्मा, रमेश उप्रेती र सलोन बस्नेतको अभिनय रहने छ । साथै यसै चलचित्रबाट मोडल तथा टिकटकर सिम्रन पन्त र मिस पविले चलचित्रमा डेब्यु गर्दैछन । करिब चार करोड बजेटमा बन्ने भनिएको चलचित्रको माघ पहिलो साता देखि अष्ट्रेलिया बाट छायांकन सुरु गर्दै न्युजिल्यान्ड सम्म पुगेर केही सिन खिचिने र बाँकी ७० प्रतिशत छायांकन नेपालमा गरिने जनाइएको छ ।
चलचित्रमा सरोज खनाल, मिथिला शर्मा तथा अर्जुन श्रेष्ठ जस्ता चिर परिचत अनुहार सहित, रेशम गुरुङ, अजय कुमार रोका, अजय लामा, दिनेश सिग्देल, पूजा भण्डारी पनि यो चलचित्रका अन्य चारित्रिक भूमिकामा देखिदैछन पुरुषोत्तम प्रधानले खिच्ने चलचित्रमा अर्जुन पोखरेल र बाबुल गिरिले सङ्गीत भर्ने छन ।
निर्देशक समेत रहेका ऋषि लामिछाने कार्यकारी निर्माता रहेको राजमहलका मुख्य निर्माता शोभा श्रेष्ठ र यश बहादुर गुरुङ्ग रहेका छन भने अन्तर्राष्ट्रिय निर्मातामा अनिल पाण्डे र प्रिन्स युबराज कार्की जोडिएका छन । त्यसैगरी सहनिर्मातामा साहिल श्रेष्ठ, झगेन्द्र धिमाल र माधव गहतराजले अष्ट्रेलिया तर्फबाट सहकार्य गरेका छन ।
Latest Updates
-
बजेटमा समेटियो छायांकन स्टुडियो निर्माण, सिनेमा पर्यटन र ओटिटीको विषय
-
-
‘समर अमेरिकन फिल्म सिरिज’मा ४ चलचित्र देखाउँदै अमेरिकी दूतावास
-
-
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi