फस्टलुक सार्वजनिक गर्दै चलचित्र ‘पीआर’ निर्माणको घोषणा
फस्टलुक सार्वजनिक गर्दै चलचित्र ‘पीआर’ निर्माणको घोषणा गरिएको छ । आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया र ल्यान्ड वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहने चलचित्रको निर्देशन शोभित बस्नेतले गर्नेछन् ।
निर्देशक बस्नेतका अनुसार चवलचित्रको सम्पूर्ण छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा हुनेछ । चलचित्रमा सम्पूर्ण कलाकार र प्राविधिक समेत अष्ट्रेलियाबाटै छानिने उनले जनाए ।
अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर छायाँकन शुरु हुने जाइएको चलचित्र सलोन सलिना फिल्मसको व्यानरमा बन्नेछ । चलचित्रमा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल निर्माता र एप्लाई वर्ल्डका गणेश केसी कार्यकारी निर्माता छन् । निर्माणमा एम्बिसन कलेज रकडेल, आरटुएम एकाउन्टिन रकडेल र बिकास अधिकारी (प्रिज्मस् एजुकेसन एन भिजा सर्भिस)को विशेष सहयोग रहने जनाइएको छ । राजजंग क्षेत्री प्रोडक्सन हेड रहेको चलचित्रमा मानस राजको संगीत, निर्देशक बस्नेतकै कथा, गणेश बुढाथोकीको पटकथा र संवाद रहने छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
