चलचित्र ‘म’को छायाँकन सुरु
चलचित्र ‘म’ को छायाँकन सुरु भएको छ । आईतबार ललितपुरको गोदावारीमा अभिनेत्रि सरिता लामीछाने र डेब्यु नायक सन्जोग रसाईलीको शट लिँदै छायाँकन सुरु गरीएको हो ।
चलचित्रमा विजय लामा, रेवती क्षेत्री, कुसुम गुरुङ्ग, रेवीका गुरुङ्ग, अनिल कंडेल, रामबाबु रेग्मी, सुन्दर धिताल, पवन भट्टराई लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
कान्तिपुर फिल्म एकेडेमीको निर्माण रहेको चलचित्रलाई परिच्छेद सेनले निर्देशन गरिरहेका छन् । धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय फिल्म फेस्टिवलहरुमा अवार्ड जित्न सफल लघु चलचित्रहरु बनाएका सेनले यसै चलचित्रबाट निर्देशनमा डेब्यू गरेका हुन् । उनले यसअघि दर्जनौँ फिचर चलचित्रहरुमा मूख्य सहायक निर्देशन समेत गरेका थिए ।
निर्देशक परिच्छेद सेनसँगै ‘म’का सिनेम्याटोग्राफर तेन्जीन पाल्देन, एडिटर सुवीज्ञ सुन्दर श्रेष्ठ लगायत अधिकांश कलाकार र टेक्निसीयनहरु एकेडेमीबाटै चलचित्र अध्ययन गरिरहेका बिद्यार्थीहरु छन् । यही बर्षको अन्त्य तिर प्रदर्शन गर्ने लक्ष्य राखीएको चलचित्रलाई पदम पुरीले निर्माणमा सहयोग गर्दैछन् ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
