चलचित्र ‘गोपी’को गीत सार्वजनिक

चलचित्र ‘गोपी’को गीत सार्वजनिक गरिएको छ । बुधबार ‘लक्ष्मी कहिले काली’ बोलको गीत सार्वजनिक गरिएको हो । साहित्यकार बुद्धिसागरको शब्द रचना रहेको गीतको लय बाबुराम पोखरेलले संकलन गरेका हुन भने अर्जुन पोखरेलले संगीत डिजाइन गरेका छन् । गीतमा ध्रुब बिस्को र एन्जिला रेग्मीको स्वर रहेको छ भने गोविन्द राईले कोरियोग्राफी गरेका हुन ।
आरोही इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रलाई आरोही केसीले निर्माण गरेकी हुन । दीपेन्द्र लामाद्वारा निर्देशित चलचित्रमा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, अंकित खड्का, भोला सापकोटा, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाल, हिउँबाला गौतमलगायतका कलाकारको अभिनय रहेको छ ।
माघ १८ गते प्रदर्शन हुने चलचित्रमा सामिप्य तिमल्सेनाको लेखन, शैलेन्द्र डि कार्कीको छायाँकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ । श्रीधर पौडेल चलचित्रका कार्यकारी निर्माता हुन ।
Latest Updates
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal