चलचित्र ‘घनचक्कर’ को गीत सार्वजनिक
चलचित्र ‘घनचक्कर’ को गीत सार्वजनिक भएको छ । सार्वजनिक गरिएको ‘हिरो’ बोलको गीतमा कलाकारहरु सौगात मल्ल, सलोन बस्नेत र नवअभिनेत्री कश्मिरा लामा प्रस्तुत भएका छन् ।
देव कोइमी र विपिन आचार्यको शब्द संगीत रहेको गीतमा राजेश पायल राई, मान्डवी त्रिपाठी र देव कोइमीको स्वर छ । पुष १३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्रलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन ।
चलचित्रमा सरोज खनाल, जेबी डिसी, आशान्त शर्मा, ममता प्रधान, शिशिर भण्डारी, दामोदर पौडेल, जनक घर्तिमगरलगायतका कलाकारहरुको अभिनय छ । भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सुशन प्रजापतिको छायाँकन, अष्ट महर्जनको द्वन्द्व, प्रदीप श्रेष्ठ र सिमोन राजबंशीको कोरियोग्राफी, मित्र डि. गुरुङको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
