‘राष्ट्रिय चलचित्र कन्फरेन्स’ हुने
‘राष्ट्रिय चलचित्र कन्फरेन्स’ हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भदौ २६ देखि २८ सम्म तीन दिन उक्त कन्फरेन्स आयोजना हुन लागेको हो ।
मानवअधिकार चलचित्र केन्द्र र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा कन्फरेन्स हुनेछ । नेपाल पुनर्विमा कम्पनी लिमिटेडको सहयोगमा आयोजना हुन लागेको कन्फरेन्समा नेपाल इन्डिपेन्डेन्ट फिल्म मेकर्स सोसाइटी, चलचित्र निर्देशक समाज, चलचित्र समीक्षक समाज, चलचित्र पत्रकार संघ र अस्कर इन्टरनेशनल कलेज सहआयोजकका रुपमा रहेका छन् ।
कन्फरेन्समा चलचित्र निर्माण, विभिन्न विषयको चित्रण र प्रभावबारे कार्यपत्र प्रस्तुत, कार्यपत्रमाथि छलफल तथा चलचित्र क्षेत्रका समसामयिक विषयमा ‘प्यानल’ छलफललगायतका कार्यक्रम समेटिने छन् ।
कन्फरेन्समा चलचित्रकर्मी, चलचित्रका विज्ञ, चलचित्रको अध्ययन अनुसन्धान गरिरहेका व्यक्ति, प्राध्यापनमा संलग्न व्यक्तिहरुले नेपाली चलचित्रका विभिन्न आयाम, यसको प्रभाव, कला र सौन्दर्यका बारेमा छलफल गर्ने जनाइएको छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
