चलचित्र ‘चिठ्ठा’ निर्माण हुने, पौष दोस्रो साताबाट छायाँकन हुने
चलचित्र ‘चिठ्ठा’ निर्माण हुने भएको छ । पौष दोस्रो साताबाट फ्लोरमा जाने चलचित्रको निर्देशन आरएल लामा मोक्तानले गर्नेछन् । कमेडी जनरामा निर्माण हुने चलचित्रको कथा, पटकथा तथा संवाद स्वंयम निर्देशक आरएल लामाले नै तयार गरेका हुन् ।
लंका फिल्म प्रालीको व्यानरमा निर्माण हुने चलचित्रमा धिरेन शाक्य, भोलाराज सापकोटा, अर्जुा गुरुङ, निमा लामा, रसिला कार्की लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रको लागि एक अभिनेता र एक अभिनेत्री छनोटको चरणमा रहेको निर्देशक लामाले बताए ।
रेल्लु माया तामाङ प्रस्तुतकर्ता रहेको चलचित्रमा आर सुनाम मोक्तानको लगानी रहनेछ । मियम मोक्तान सह–निर्माता रहेको चलचित्रमा सञ्चु थोकरको छायांकन, शंकर महर्जनको द्धन्द्व निर्देशन, निर्देशक आरएल लामाको शब्द तथा संगीत, युवराज कँडेल र अन्नु चौधरीको स्वर रहनेछ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
