Mansara

चलचित्र ‘आँखा’को निर्माण घोषणा

२०७९ जेष्ठ १६
चलचित्र ‘आँखा’को निर्माण घोषणा

जौन योञ्जनाको निर्देशन रहने चलचित्र ‘आँखा’को निर्माण घोषणा गरिएको छ । राजधानीमा आयोजित घोषणा कार्यक्रममा जेष्ठ २० गतेबाट चलचित्रको छायाँकन शुरु गरिने जानकारी दिइएको छ ।

जौनकै निर्माण रहने चलचित्रमा कथा पन उनकै रहने छ । नेपाली समाजभित्रको गम्भीर विषयलाई चलचित्रमा प्रस्तुत गरिने उनले जानकारी दिए । चलचित्रमा आर.के. मेहता, अस्मिता लामिछाने, बुद्धि तामाङ, निशा अधिकारी, विजय बराल, पशुपति राई, राजन खतिवडा, रेनुका कार्की ढोली, रविन्द्र झा, कृष्णभक्त महर्जन, अभय बराल, सरोज खनाल, लुनिभा तुलाधर, सरोज लामिछाने, दीपक कोइरालालगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रको कार्यकारी निर्मातामा राजेन्द्र घतानी छन् । 
 
ढाका टोपी फिल्मस्, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा लामा सिनेमाको प्रस्तुति रहेको चलचित्रमा दीपक आर.जेको संगीत र अलोक सुक्लाको छायांकन रहनेछ ।

Mahajatra