चलचित्र ‘सयकडा दश’को गीत सार्वजनिक
चलचित्र ‘सयकडा दश’को पहिलो गीत ‘दाईलाई कुरा लाइदिनी...’ सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतमा कल्याण सिंहको संगीत, तृषाला गुरुङ र सन्देश पाठकको स्वर तथा चलचित्रका निर्देशक रामशरण पाठकको शव्द रहेको छ ।
गीतमा कलाकारकरु अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि डंगोललगायतले नृत्य गरेका छन् । वैवाहिक समारोहलाई चित्रण गरिएको गीत पोखरा माटेपानीस्थित भद्रकाली मन्दिरमा छायाँकन गरिएको हो । यसै चलचित्रबाट हाँस्यकलाकार मनोज गजुरेलले ठुलो पर्दामा डेव्यु गरेका छन् । उनीसँगै अर्का हाँस्य कलाकार राजाराम पौडेल मुख्य भूमिकामा छन् । कमेडियन समेत रहेका गजुरेलको यो डेब्यु फिचर हो ।
दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा रज्जु प्रधान र उत्तम खत्रीको लगानी रहेको छ । चलचित्रका सहनिर्माता साजन थापा हुन् । चलचित्रको प्रदर्शन मिति माघ १८ लाई तय गरिएको छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
