‘मोदीबेनी’को गीतमा रिल बनाउने प्रतियोगिता
श्रावण १८ रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’ले हालै सार्वजनिक गीत ‘मन्जुरी’मा आधारित रही रिल बनाउने प्रतियोगिता आयोजना गरेको छ । डिजिटल रूपमा आयोजित यो प्रतियोगिताको समय सीमा श्रावण १५ गतेसम्म रहने बताइएको छ ।
यो प्रतियोगितामा सहभागी हुनको लागि रोमान्टिक गीत 'मन्जुरी'को भिडियोमा समावेश भागको रिल बनाएर आफ्नो फेसबुक, इन्स्टाग्रामको रिल वा युट्युब शर्ट्समा अपलोड गरी अनिवार्य रूपमा ह्यासट्यागहरु #DanceWithModibeni, #ManjuriFromModibeni र #ModibeniReleaseShrawan18 प्रयोग गर्नु पर्ने र 'मोदीबेनी'को अफिसियल फेसबुक पेजलाई मेन्सन गर्नुपर्ने जनाइएको छ ।
रिल बनाई पोस्ट गरेर सर्त पालना गरेका योग्य क्रियटरहरूबाट गोला प्रथा गरी ३ जना भाग्यशाली विजेताहरूले विभिन्न पुरस्कार प्राप्त गर्नेछन् । लोकल फार्म, घराना लाउन्ज, सिडिसी सिनेमा तथा केटिएम फिटनेसले विभिन्न पुरस्कार तथा विशेष छुट सौजन्य गर्नेछन् ।
रिल बनाउँदा चलचित्रको अफिसियल पेजमा अपलोड भएका रिलहरूबाट गीतको अडियो प्रयोग गर्न सकिनेछ भने भिडियोको स्टेपहरु पनि आइडिया लिन सकिनेछ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
