चलचित्र 'मोदीबेनी'को जापान राइट्स बिक्रि
शुक्रवार रिलिज भएको चलचित्र 'मोदीबेनी' जापानमा रिलिज हुने भएको छ । सुवास लामिछानेको नेतृत्वमा रहेको जापानी कम्पनी 'भिजोनिया कम्पनी लिमिटेड'ले यो चलचित्रको जापान प्रदर्शन अधिकार खरिद गरेको हो ।
चलचित्र रिलिज पछि दर्शकबाट राम्रो प्रतिक्रिया आएका कारण जापान अधिकार बिक्री भएको सह निर्माता हरि श्रेष्ठले बताए । उनले दर्शकबाट गजबको प्रतिक्रिया प्राप्त भइरहेको बताए । जापानमा केही दिनमा सार्वजनिक प्रदर्शनमा आउने श्रेष्ठले बताए ।
निर्देशक शङ्कर कोइरालाका अनुसार दर्शकले चलचित्रको 'थ्रिलिङ पार्ट'लाई रुचाएका छन् । शुक्रवार र शनिवार दर्शक भेट्न विभिन्न हल पुगेका निर्देशक कोइरालाले 'मोदीबेनी'को 'सेकेन्ड हाफ'लाई बढी रुचाएको पाइएको बताए । "चलचित्रको 'सेकेन्ड हाफ'लाई बढी रुचाएको पाएको छु । पहिलो भागमा क्यारेक्टरको बेस तयार गरी दोस्रो भागमा थ्रिलिङ दृश्यहरू राखेका थियौँ । सोही कुरा दर्शकलाई चित्त बुझेको छ," कोइरालाले भने । उनले चलचित्रमा उठान गरिएको विषय र विश्वासै नलाग्ने कथामा दर्शकले मनोरञ्जन लिइरहेको प्रतिक्रिया आफूले पाएको बताए । "दर्शकको प्रतिक्रिया बुझ्दा 'वर्ड अफ माउथ'ले राम्रै काम गर्ने देखिन्छ ।"
चलचित्र रिलिज पछि कलाकारहरू वर्षा सिवाकोटी, नव अभिनेता अमर प्रताप श्रेष्ठ, रेजिना उप्रेती लगायत दर्शक भेट्न काठमाडौंका विभिन्न हल पुगेका थिए । चलचित्रलाई डिनेष्ट इन्टरटेन्मेन्टको ब्यानरमा दिलीप केसी र हरि श्रेष्ठले निर्माण गरेका हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
