‘मोदीबेनी’ श्रावण १८ मा प्रदर्शन हुने
चलचित्र ‘मोदीबेनी’ आगामी श्रावण १८ गते रिलिज हुने भएको छ । चलचित्रका निर्माता दिलीप केसीले रिलिजका लागि सबैभन्दा उत्तम मिति हेरी टुङ्गो लगाइएको बताए ।
‘मोदीबेनी’ले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित कथा भन्ने निर्देशक शङ्कर कोइरालाले बताए । यस चलचित्रबाट अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दैछन् भने उनको अपोजिटमा अभिनेत्री वर्षा सिवाकोटीको अभिनय रहेको छ ।
यस चलचित्रबाट अभिनेत्री रेजिना उप्रेतीले करिब १२ वर्षपछि कमब्याक गरेकी छन् । निर्देशक कोइरालाले पनि यही चलचित्रबाट निर्देशनमा डेब्यु गरेका छन् । ‘मोदीबेनी’मा अमर, वर्षा र रेजिनासहित प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको अभिनय रहेको छ ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको चलचित्रलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन् । चलचित्रमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
