मिलाप फाउण्डेशनद्वारा शैक्षिक सामग्री वितरण

लेन्सनेपाल २०७८ भाद्र १२
मिलाप फाउण्डेशनद्वारा शैक्षिक सामग्री वितरण

‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै आएको मिलाप फाउण्डेशनले बिद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । फाउण्डेशनले शनिबार ललितपुरको गोदावरी–१० चापागाउँमा रहेको श्री उदयखर्क माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

फाउण्डेशशनले स्कुलका ६० जना विद्यार्थीलाई ब्याग, कपि पेन्सिल, मास्कलगायतका सामग्री वितरण गरेको हो । शैक्षिक सामाग्री वितरणका लागि राष्ट्रखबर र कार्यक्रम व्यवस्थापन संघ काठमाडौंले सहकार्य गरेका थिए ।

सो अवसरमा फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीले विशुद्ध सामाजिक सेवाको भावनाले मिलाप फाउण्डेशनले यो कार्य गरेको बताइन । विगतमा पनि स्वास्थ्य शिविर तथा शैक्षिक सामाग्री वितरणलगायत अन्य सामाजिक कार्यगर्दै आएको बताउँदै अधिकारीले शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा साथ सहयोग पु¥याउने सबैलाई धन्यावाद दिइन ।