सौगात भन्छन् – ‘माईकल अधिकारी’ मनोरञ्जनको पुर्ण प्याकेज हो
आगामी भाद्र ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र हो ‘माईकल अधिकारी’ । चलचित्रका मुख्य कलाकार अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठलाई लिएर निर्माण टिम यतिबेला प्रचारमा ब्यस्त छ ।
अभिनेता मल्ल ‘माईकल अधिकारी’ भन्दा एक हप्ता पछि प्रदर्शनमा आउने आफैले निर्माण गरेको चलचित्र राधाको पनि सँगै प्रचार गरिरहेका छन् । बुधबार राजधानीमा पत्रकारसँग गफिदै अभिनेता सौगात मल्लले ‘माईकल अधिकारी’ पुर्ण प्याकेज चलचित्र रहेको बताए ।
चलचित्रको ट्रेलर सार्वजनिक भएपछि धेरैले बलिउड चलचित्र ‘मिमी’को कपी भनेपनि त्यो भन्दा पहिले नै ‘माईकल अधिकारी’ निर्माण भएकाले सेरोगेसीको कथा बाहेक कुनैपनि कुरा सिमिलर नभएको दाबी गरे । आफुले ‘मिमी र माईकल अधिकारी’ दुवै चलचित्र हेरी सकेका कारण पनि कपी भन्न नमिल्ने उनको भनाई छ । अझ ‘मिमी’ भन्दा ‘माईकल अधिकारी’ अझ रमाईलो र मनोरञ्जनात्मक लागेको अनुभव सुनाए ।
अभिनेत्री सृष्टि श्रेष्ठले पनि ‘माईकल अधिकारी’ राम्रो चलचित्र बनेकाले दर्शकलाई हाँस्दा हाँस्दै सोच्न बाध्य बनाउने बताइन् । आफुले यो चलचित्रपछि रोमान्टिक लभस्टोरी कथाबाट कन्टेन्ट बेस स्टोरीमा ढाल्न खोजेको बताउँछिन् । ‘राधा र माईकल अधिकारी’ले आफ्नो करियरलाई नयाँ गन्तव्य तर्फ डोर्याउने विश्वास उनको छ ।
रन्जित रौनियार निर्देशित चलचित्रले शहरमा रोजीरोटीका लागि संघर्ष गरिरहेको एक दाम्पतीमा आर्थिक समस्याले उत्पन्न झगडा, पैसाका लागि कोख भाडामा लगाउने महिला आमा बनेपछि बच्चा सुम्पिन तयार नभएपछिको परिस्थितिलाई देखाइएको छ ।
उद्दव पौडेलको प्रस्तुतीमा निरक पौडेल निर्माता रहेको चलचित्रमा अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल र केभिन परियारको अभिनय छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
