‘माईकल अधिकारी’को पोस्टर सार्वजनिक
अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भुमिका रहेको चलचित्र ‘माईकल अधिकारी’को फर्ष्टलुक्स पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक २ पोस्टर मध्ये एकमा सौगातले बोकेको खर्पनमा एकातिर सृष्टि र बच्चा देखिएका छन् भने अर्को तर्फ पैसाको थुप्रो देखाईएको छ । यस्तै अर्को पेष्टरमा सौगात र सृष्टि पैसाको बिछ्याउनामा प्रेमिल भावमा देखिन्छन् ।
चलचित्रको पोस्टरसँगै प्रदर्शन मिति भाद्र ३ गतेलाई फाइनल गरिएको छ । गोपीकृष्ण मुभिजको ब्यानरमा निरक पौडेलले निर्माण गरेको सिनेमालाई रन्जित रौनियारले निर्देशन गरेका हुन् । चलचित्रमा सौगात र सृष्टिको जोडीको आर्थिक अवस्था निक्कै कमजोर छ । उनीहरु पैसाको लागि अरुलाई बच्चा जन्माइ दिने काम गर्न बाध्य छन । चलचित्रमा आत्मियता, भावनात्मक सम्बन्धसँगैं हास्यरस मिसिएको निर्माण टिमले जनाएको छ ।
उद्धव पौडेलको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा सौगात र सृष्टिका अलवा अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ । अभिनेता मल्लले अन्य चलचित्र भन्दा माइकल अधिकारीमा फरक देख्न मिल्ने निर्माण टिमले उल्लेख गरेको छ । चलचित्रको सम्पुर्ण छायांकन इलाम र झापामा गरिएको छ ।

Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
