‘माइकल अधिकारी’को ‘फापरको रोटी’ सार्वजनिक
भाद्र ३ गतेबाट प्रदर्शन हुने चलचित्र ‘माइकल अधिकारी’को ‘फापरको रोटी’ बोलको गीत सार्वजनिक गरिएका छ । सार्वजनिक गीतमा दयाराम पाण्डेको शब्द, शम्भुजित बाँस्कोटाको र शम्भुजितसहित रवि ओड र टिका प्रशाईको स्वर रहेको छ ।
डान्सिङ बिटको लोकलयमा आधारित गीतमा यसराज गराच र अभिनेत्री सुष्मा कार्कीको नृत्य रहेको छ । उनीहरुले चलचित्रमा अतिथी भूमिका निभाएका छन् । चलचित्रमा मुख्य कलाकार सौगात मल्ल, सृष्टि श्रेष्ठ, आशान्त शर्मापनि गीतमा फिचर्ड छन् ।
रञ्जित रौनियारका निर्देशन रहेको चलचित्रमा लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, आर्या पौडेल, केभिन परियारलगायतको पनि अभिनय छ ।
चलचित्रमा कमल राई र कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा र रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री र दयाराम पाण्डेको शब्द, मित्र डि गुरुङको सम्पादन, राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा र संवाद छ ।
गोपीकृष्ण मुभिजको व्यानरमा निर्मित चलचित्र उद्धव पौडेलको प्रस्तुतिमा बनेको हो । चलचित्रका निर्माता निरक पौडेल हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
