प्रिमियरमा रुचाइयो ‘माइकल अधिकारी’
शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘माइकल अधिकारी’को प्रिमियर गरिएको छ । प्रदर्शनको दुई दिन अगाबै बुधबार साँझ राजधानीको गोपीकृष्ण मुभिजका दुई पर्दामा चलचित्रको प्रिमियर गरएको हो ।
सौगात मल्ल र श्रृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्रले प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया पाएको छ । प्रिमियर शोमा सहभागी राजनितिज्ञ, चलचित्रकर्मी, पत्रकारलगायतले चलचित्र उत्कृष्ट बनेको भन्दै दर्शकको मन जित्ने बिश्वास राखे । सेरोगेसीको कथामा निर्माण भएको ‘माइकल अधिकारी’ हेर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेदेखि अभिनेत्री रेखा थापा, गीतकार एवं चिकित्सक डा. भोला रिजाल, अभिनेता शिव श्रेष्ठ, रमेश उप्रेती, गायक आनन्द कार्की, गायक एवं संगीतकार चेतन सापकोटा लगायत गोपीकृष्ण मुभिज पुगेका थिए ।
रञ्जित रौनियारको निर्देशनमा तयार भएको चलचित्रको प्रिमियरमा सौगात र सृष्टिका साथै चलचित्रका अन्य कलाकारहरू लुनिभा तुलाधर, एनी कुवँर लगायत उपस्थित थिए । चलचित्रमा सृष्टिले ‘सेरोगेट मदर’को भूमिका निर्वाह गरेकी छन् ।
चलचित्र हेरिसकेपछि उपस्थित अतिथिहरूले ‘माइकल अधिकारी’मा नयाँ कथावस्तु पाएको भन्दै फरक खालको चलचित्र हेर्न पाउँदा खुशी लागेको बताए । चलचित्रको कथा, प्रस्तुती र कलाकारहरुको अभिनयलाई सबैले खुलेर प्रशंसा गरे ।
गोपीकृष्ण मुभिज प्रोडक्सनको ब्यानरमा उद्धव पौडेलको प्रस्तुति रहेको चलचित्रलाई निरक पौडेलले निर्माण गरेका हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
