कलाकारलाई सम्मान गर्दै ‘मेरो कथा’ले मनायो ५१ औं भाग
धरावाहिक टेलिसिरियल मेरो कथाले ५१ औं भाग पुरा भएको अवसरमा कलाकार तथा सहयोगीहरुलाई सम्मान गरेको छ । शनिबार काठमाडौंमा सम्पन्न कार्यक्रमका उक्त सम्मान गरिएको हो ।
गीत नेपालको निर्देशनमा बनेको सिरियलमा ५१ औं भागबाट निर्देशक पनि परिवर्तन गरिएको छ । अब यो सिरियललाई रामजी राउतले निर्देशन गर्ने भएका छन् ।
सिरियलमा रमेश बुढाथोकी, पवन मैनाली, हिउवाला गौतम, प्रिया रिजाल, गीता नेपाल, अशोक धिताल, माधव पण्डित, रिया श्रेष्ठ, सपना श्रेष्ठ, तेजुला खतिवडा, रामजी रावत, जयश्री कार्की, नेवीश्री कार्की, सरोज दाहाल, सन्दिप कडेल, अनमिका चौलागाई, अञ्जली तामाङ, रमेश अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, विशेष अतिथि कलाकार तथा निर्देशक निर शाह, अतिथिमा निर्माता तथा वितरक गोपाल काजी कायस्थ, चलचित्र कलाकार संघ, नेपालका अध्यक्ष रविन्द्र खड्का, निर्देशक शोभित बस्नेत,कलाकार मोहन निरौला, निर्देशक तथा कलाकार उत्तम केसी लगायतको उपस्थीति रहेको थियो । कार्यक्रममा उपस्थीत अतिथिले सिरियललाई सफलताको शुभकामना दिएका थिए ।
धनेश्वर मिडियाको व्यानरमा निर्माण भएको टेलिसिरियललाई तेजुला खतिवडा र कृष्ण कार्कीको लगानी छ । सिरियलमा नरहरी प्रेमीको संगीत, नरहरी प्रेमी र अपेक्षा खनालको स्वर, क्यामोदिन मियाको सम्पादन, कलर तथा भिएफएक्स समिर मिया, रामेश्वर हुमागाई छायांकन रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
