‘मायाका रंगहरु’मा कमेडियन तामाङ अनुबन्धित
चलचित्र ‘मायाका रंगहरु’मा सिक्किमका चर्चित कमेडियन पदम तामाङ अनुबन्धित भएका छन् । उनलाई चलचित्र ‘मायाका रङहरु’का निर्माता तथा निर्देशक केवल तामाङले हालै चलचित्रमा अनुबन्धित गरेका हुन् ।
चलचित्रमा यसअघि अभिनेता पल शाह, सुनिल थापा र बुद्धि तामाङ अनुबन्धित भइसकेका छन् । निर्देशक तामाङले चलचित्रका लागि प्रमुख नायिकाको खोजी भइरहेको बताए । प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन काठमाडौं र इलामसँगै भारतको दार्जिलिङमा गरिनेछ । पुनम तामाङ प्रस्तुतकर्ता रहको चलचित्रको निर्माता आरबी थाङदेन हुन् ।
चलचित्रमा भद्र भुजेल र रामा मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञवालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ, मेचु धिमाल र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।
चलचित्रका सह–निर्माता जेनिश न्यौपाने र दिपेन्द्र चिलवाल हुन् । चलचित्रको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
