Mansara

‘मायाका रंगहरु’मा सुनिल र बुद्धि अनुबन्धित

२०८० माघ ३
‘मायाका रंगहरु’मा सुनिल र बुद्धि अनुबन्धित

इन्डो नेपाली चलचित्र ‘मायाका रंगहरु’मा कलाकारद्वय सुनिल थापा र बुद्धि तामाङ पनि अनुबन्धित भएका छन् । केवल तामाङको निर्माण तथा डेब्यु निर्देशन रहने चलचित्रको छायांकन फागुन अन्तिम सातादेखि भारतको सिक्किममा सुरु हुनेछ । चलचित्रका लागि यस अघि नै अभिनेता पल शाह र कुन्दन भारद्धाज अनुबन्धित भइसकेका छन् ।

प्रमिस ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन भारतको सिक्किम, दार्जिलिङ, इलाम र काठमाडौंमा गरिने छ । पुनम तामाङ प्रस्तुतकर्ता रहको चलचित्रको निर्माता आर.बी. थाङदेन हुन् । चलचित्रमा सौरभ लामाको डिओपी, शेखर ज्ञावालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ,मेचु धिमाल र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ । चलचित्रका सहनिर्माता जेनिश न्यौपाने र दिपेन्द्र चिलवाल हुन् ।