‘मन्त्र’को ‘तिम्रै हुँ भन्छ यो मनले’ सार्वजनिक
चलचित्र ‘मन्त्र’को ‘तिम्रै हुँ भन्छ यो मनले’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अल्मोडा राना उप्रेती र अप्सरा घिमिरेको स्वर र सन्तोष सुनारको शब्द र संगीत रहेको छ । सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य अभिनेता सौगात मल्ल र मुख्य अभिनेत्री दीया पुनको प्रेमलाई देखाइएको छ ।
खिल बहादुर गुरुङको निर्देशन रहेको चलचित्र बैशाख १६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रलाई हिमाली प्रेम कथा पनि भनिएको छ । चलचित्रमा सौगात र दीयाका अलवा बुद्दि तमाङ, नमिता घिसिङ्ग,बिर बहादुर लामा,पासाङ्ग टि शेर्पाको पनि मुख्य भूमिका रहेको छ । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ ।
चलचित्र गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाएर निर्माण गरिएको छ । मनास्लु क्षेत्रमा पहिलो पटक छायाँकन गरिएको चलचित्रका दृश्यहरुले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क रहेको छ । गोर्खा जिल्लाको चुमनुब्री सामा गाउँ,बिरेन्द्र ताल र पुङ्गिन गुम्बा लगाएतका रमणीय दृश्यहरु कैद गरिएको छ।
साम्तेन भुटिया, सुनिल नेउरे, परिच्छेद सेनले लेखेको चलचित्रमा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन र सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
