‘मन्त्र’लाई प्रिमियरमा सुखद प्रतिक्रिया
शुक्रबारदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मन्त्र’को ‘ग्राण्ड प्रिमियर’ गरिएको छ । सौगात मल्ल, बुद्धि तामाङ र दीया पुनको अभिनय रहेको चलचित्रको बुधबार साँझ राजधानीको बिग मुभिजमा प्रिमियर गरिएको हो ।
प्रिमियरमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि चलचित्र क्षेत्रका चर्चित अनुहारहरुको उपस्थिति थियो । प्रिमियरमा अभिनेता दीपकराज गिरी, अभिनेत्री एवं निर्देशक दीपाश्री निरौला, अभिनेता एवं निर्देशक निश्चल बस्नेत, अभिनेता विपिन कार्की, कलाकार एवं निर्देशक नरेश पौड्याल, गायक युवराज चौलागाईँ, मोडल निराजन प्रधान लगायतको उपस्थिति थियो ।
मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा छायाँकन गरिएको चलचित्रलाई हिमाली प्रेमकथा भनिएको छ । ‘मन्त्र’ हेरिसकेपछि अभिनेता दीपकाराजले चलचित्रको छायाँकन स्थलले सबैभन्दा बढी लोभ्याउने बताए । ‘चलचित्र जुन ठाउँमा छायाँकन गरिएको छ, त्यो छायाँकनस्थलले सबैभन्दा बढी लोभ्याउँछ । चलचित्रमा हामी हिमाललाई क्लोजसँग हेर्न पाउँछौं’ अभिनेता दीपकराजले भने, – ‘अर्को ब्याकग्राउण्डस्कोर सबैभन्दा बढी बुलन्द छ चलचित्रको ।’ उनले ‘मन्त्र’ फरक खालको लभस्टोरी चलचित्र लागेको बताउँदै चलचित्रमा बोनसका रुपमा कमेडीसँगै हिमालका दृश्यहरु, ब्याकग्राउण्डस्टोर रहेको प्रतिक्रिया दिए ।
अभिनेत्री दीपाश्री निरौलाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँने क्रममा दीपकराजतर्फ हेर्दै भनिन्, ‘अब यस्तै स्क्रिप्ट चाहियो मलाई । यस्तै पहाडको स्क्रिप्ट चाहियो, यस्तै मनास्लुको स्क्रिप्ट चाहियो ।’ उनले ‘मन्त्र’ हेरुन्जेल चलचित्रको कथावस्तु, लोकेशनले आफूलाई बाँधेर राखेको प्रतिक्रिया दिइन् । चलचित्रको कथावाचन, लोकेशन, डिओपी, कलाकारहरुको काम सबै पक्ष राम्रो रहेको बताइन् । उनले चलचित्रको क्लाइमेक्स सिन नछुटाउन समेत दर्शकलाई आग्रह गरिन् ।
प्रिमियरमा कमै पुग्ने अभिनेता एवं निर्देशक निश्चल बस्नेतले चलचित्र रमाईलो लागेको बताए । उनले कुनै भेगको आफ्नै कथालाई चलचित्रमा रमाईलो तरिकाले प्रस्तुत गरिएको बताए । ‘हेरौं कतिबेरसम्म बस्न सकिन्छ भनेर हेरिरहेको थिएँ । तर, पुरै चलचित्र आरामसँग हेर्न सकियो’ बस्नेतले भने, ‘पछिल्लो समय नेपालभित्रको विभिन्न भेगको विभिन्न कथाहरु चलचित्रमा आईरहेको छ । यसरी नै चलचित्रहरु बन्दै जानुपर्छ जस्तो लाग्छ ।’ निश्चलले पनि ब्याकग्राउण्डस्टोर चलचित्रको सशक्त पक्ष रहेको प्रतिक्रिया दिए । निर्देशक तथा कलाकार नरेश पौड्याल, गायक युवराज चौलागाईँ लगायतले चलचित्र मनपरेको प्रतिक्रिया दिएका थिए । प्रिमियरमा अभिनेता बुद्धि तामाङ छायाँकनमा भएका कारण उपस्थित हुन् सकेनन् भने अभिनेत्री दीया पुन सगरमाथा आरोहणका क्रममा रहेकाले उपस्थित भइनन् । अभिनेता सौगात मल्ल भने प्रिमियरमा उपस्थित थिए ।
खिलबहादुर गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘मन्त्र’मा नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामा लगायतको पनि अभिनय रहेको छ ।
सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । परिक्षेद सेनको कथा रहेको चलचित्रमा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सञ्जय लामाको छायांकन एवं मित्र डि.गुरुङको सम्पादन छ । चलचित्रको काठमाडौँ बाहिर एफडी कम्पनी र उपत्यकामा काफिया फिल्मस्ले वितरणको जिम्मा लिएका छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
