‘मनसरा’को गीत ‘एक तार मनको’ सार्वजनिक
प्रदर्शनरत् चलचित्र ‘मनसरा’को गीत ‘एक तार मनको’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा हर्क साउदको शब्द र सुशान्त गौतमको स्वर तथा संगीत रहेको छ ।
गीतको भिडियोमा ‘दधिराम पोखरेल’ पात्रमा अभिनय गरेका प्रविण खतिवडा र ‘तान्छो’को भूमिकामा अभिनय गर्ने बाल कलाकार नेनाहाङ राईको अभिनय छ । करिब साढे दुई मिनेट लामो गीतमा सन्तान सुख भोग्नबाट बञ्चित दधिरामलाई ‘तान्छो’सँगको निकटतालाई प्रस्तुत गरिएको छ ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानका लगायतका कलाकारको अभिनय रहेको छ । ‘वर्डअफ माउथस’ अब्बल रहेका कारण चलचित्र ब्यापारमा पनि राम्रो देखिएको छ ।
यसैबीच चलचित्रले शनिबार सम्पन्न नेपाल र वेस्ट इन्डिज ‘ए’बीच भएको ५ खेलको सिरिजमा सहकार्य गरेको थियो । अन्तिम दिन शनिबार चलचित्रको टिमले ग्राउण्डमा काम गर्ने कर्मचारीलाई सहयोग गरेको छ । ग्राउण्डमा काम गर्ने कर्मचारीलाई हौसला मिलोस् भन्ने हेतुले आफुहरुले ग्राउण्ड स्टाफलाई एक लाख नगद सहयोग गरेको निर्माता शैलेन्द्र डी कार्कीले बताए ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
