प्रिमियरमा ‘मनसरा’को प्रसंसा
शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘मनसरा’को बुधबार प्रिमियर गरिएको छ । ललितपुरस्थित क्युएफएक्स लविम मलमा आयोजना गरिएको प्रिमियरमा सेलिब्रेटी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।
चलचित्र हेर्न निर्देशक निश्चल बस्नेत, प्रदीप भट्टराई, दीपेन्द्र लामा, वितरक तथा निर्देशक अशोक शर्मा, निर्माता रवीन्द्र सिंह बानिया, कवि विप्लप प्रतिक, गायक तथा संगीतकार कालि प्रसाद बास्कोटा, अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त, मलिका महत, परिक्षा लिम्बु, पोयट आइडलका निर्देशक अनम प्रताप अधिकारीलगायत लविम मल पुगेका थिए ।
चलचित्र हेरिसकेपछि उपस्थित पाहुनाहरुले खुलेरै प्रसंसा गरेका छन् । निर्देशक निश्चल बस्नेतले चलचित्रमा काम गरेका सवै कलाकारको काम उत्कृष्ट रहेको भन्दै ‘मनसरा’ उपेन्द्को पहिलो चलचित्र ‘जारी’ भन्दा अझ उत्कृष्ट र परिस्कृत बनेको बताएका छन् । उनले भने – ‘उहाँले चलचित्रमा साहित्य जरुरी छ है भन्ने प्रमाणित गरिदिनु भयो ।’
अभिनेता खगेन्द्र लामिछानेले पनि चलचित्र निकै मन परेको बताए । निर्देशकले आफुहरुले देखेका र सुनेका घटनालाई गहन रुपमा प्रस्तुत गरेको उनको भनाई छ । चलचित्रमा साहित्यलाई एकदमै मज्जाले कनेक्ट गरिदिएको पनि उनको भनाई छ । निर्माता तथा निर्देशक अशोक शर्माले पनि निर्देशकको काम र चलचित्रको प्रस्तुतिकरण उत्कृष्ट लागेको बताए ।
निर्देशक प्रदीप भट्टराईले चलचित्र फरक फरक आउनु पर्ने र त्यही फरक चलचित्रमध्ये एक ‘मनसरा’ भएको बताए । अभिनेत्री सुरक्षा पन्तले मनसरा हेर्दा आनन्द आएको बताइन् ।
चलचित्रको प्रिमियरमा उपस्थित पाहुनाले निर्देशक सुब्बासँगै अभिनेता प्रवीन खतिवडाको अभिनयको तारिफ पनि उत्तिकै गरेका छन् । अभिनेत्री मिरुना मगर, मेनुका प्रधान र चलचित्रमा तान्छोको रुपमा काम गरेका बालकलाकारको अभिनयलाई पनि प्रशंसा मिलेको छ । अभिनेता दयाहाङ राईलाई चलचित्रमा आवश्यता अनुसार नै ठाउँ दिएको प्रतिक्रिया धेरैको थियो ।
चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको चलचित्रका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
