चलचित्र ‘मनसरा’को इन्डक्ल्याप
चलचित्र ‘मनसरा’को छायांकन सकिएको छ । पौष २१ गतेबाट सुरु भएको छायांकन ३० दिनमा सकिएको हो । चलचित्रको छायांकन ललितपुर, काठमाडौं र पाँचथरमा गरिएको छ ।
उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको चलचित्रको पाँचथरमा मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको अन्तिम दृश्य खिच्दै इन्डक्ल्याप गरिएको हो । चलचित्र आगामी वर्षको वैशाख २१ गते रिलिज हुनेछ । चलचित्रको शिर्ष भूमिकामा मिरुना देखिनेछिन ।
चलचित्रमा मिरुना र दयाहाङका अलावा प्रविण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी लगायतको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको चलचित्रका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् । यस्तै, विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् ।
कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा निमेश श्रेष्ठको समपादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहेको छ । चलचित्रका कार्यकारी निर्माता सिजन दाहाल हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
