बिद्याथीमाझ चलचित्रको प्रचार गर्दै ‘मन बिनाको धन’का कलाकार
शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘मन बिनाको धन’को कलाकारहरु चलचित्रको प्रचार प्रसारको लागि राजधानीका बिभिन्न स्कुलमा पुगेका छन् ।
बुधबार कलाकारहरु अशोक दर्जी पढने मेरिगोल्ड इंग्लिस बोर्डिङ स्कुल, साम्राज्ञी थापा पढने केएमसी र एआर बुढाथोकी पढने बेबीलन स्कुल पुगेर आफ्नो चलचित्र ‘मन बिनाको धन’ हेर्न अनुरोध गरेका हुन् ।
कलाकारहरुले आ–आफ्नो स्कूलका सहपाठीहरुलाई चलचित्र हेर्न आग्रह गरेका थिए । चलचित्रका मुख्य कलाकार अशोक दर्जी ,नीता ढुंगाना, रमेश विश्वकर्मा, एआर बुढाथोकीसगै चलचित्रका निर्माता मिनु शर्मा (सपना) र बिबेक नेपाललगायत चलचित्रका क्रियटिभ निर्देशक टिकाराम बुढाथोकी स्कुल पुगेका थिए ।
टंक बुढाथोकीको निर्देशन रहेको चलचित्रमा उनकै कथा रहेको छ । विष्णुमाया मैनाली निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा सपना शर्मा (सपना) र सहनिर्मातामा जीपी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे रहेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
