‘मालती मंगले’को वर्कशपमा जुटे विजय र वर्षासहितका कलाकार
चलचित्र ‘मालती मंगले’को कार्यशाला शुरु भएको छ । काठमाडौंमा जारी वर्कसपमा अभिनेता विजय बराल, अभिनेत्री वर्षा राउत, सुवर्ण थापा, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौलालगायत कलाकारहरू सहभागी रहेका छन् ।
चलचित्रका पटकथा तथा संवाद लेखक संयोग गुरागाईँको संयोजनमा वर्कसप सञ्चालन भइरहेको हो । वर्कसपको क्रममा अभिनेता विजय बरालले चलचित्रले नेपाली समाजको यथार्थ जीवनका कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने विश्वास व्यक्त गरे । त्यसै गरी अभिनेत्री वर्षा राउतले वर्कसपलाई आफूलाई पात्रमा ढाल्ने अवसरका रूपमा लिएको बताइन् ।
भाद्र दोस्रो हप्तादेखि छायाङ्कनमा जाने तयारीमा रहेको चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गर्नेछन् । कथा पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद गुरागाईँले तयार पारेका छन् । चलचित्रको छायाङ्कन तनहुँ र स्याङ्जा जिल्लाका विभिन्न भूभागमा हुने कार्यकारी निर्माता सागर ज्ञवालीले जानकारी दिए ।
रानी म्युजिक इन्टरनेशनल प्रा।लि।को ब्यानर र युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने चलचित्रका निर्माता लोकप्रिय गायक रामकृष्ण ढकाल हुन् । सह निर्माता रविन श्रेष्ठ र बाबु सुवेदी, छायाङ्कन निर्देशक महेश पौडेल, सम्पादक रोमी तण्डुकार, रङ्ग संयोजक कृष्ण भण्डारी, गीतकारहरू राजेन्द्र थापा, आनन्द अधिकारी, गोपाल अधिकारी र सङ्गीतकारहरू हरि लम्साल, राजनराज सिवाकोटी, उज्ज्वल सागर रहेका छन् । निर्देशक पाण्डेयका अनुसार ‘मालती मंगले’ पारिवारिक प्रेमकथामा आधारित चलचित्र हुनेछ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
