‘मालती मंगले’को शुभमुहूर्त, विजय र वर्षाको मुख्य भूमिका
गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको चलचित्र ‘मालती मंगले’को शुभमुहूर्त गरिएको छ । ऋषी पञ्चमीको अवसर पारी बिहीबार काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान स्क्रिप्ट तथा क्यामेरा पूजासहित मुहूर्त गरिएको हो ।
मुहूर्तमा निर्माता ढकालका अभिभावक गोपाल कर्माचार्यले क्ल्याप दिए भने अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतले पहिलो दृश्य अभिनय गर्दै छायाङ्कन आरम्भ गरिएको छ ।
निर्माता ढकालले मुहूर्त कार्यक्रममा राम्रो र स्तरीय चलचित्र निर्माण गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गर्दै दर्शकलाई समाजसँग जोडिने भावनात्मक कथा पस्किने बताएका छन् । त्यस्तै, कलाकार त्रय विजय बराल, वर्षा राउत र मेक्सम गौडेलले चलचित्र ‘मालती मंगले’ आफ्नो अभिनय यात्रामा विशेष बन्ने विश्वास व्यक्त गरेका छन् ।
चलचित्रमा विजय, वर्षा, मेक्समसँगै सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौलालगायत कलाकारहरूको अभिनय रहने छ । चलचित्रको निर्देशन प्रकु पाण्डेयले गर्नेछन् । पाण्डेयकै कथा रहेको चलचित्रमा पटकथा तथा संवाद संयोग गुरागाईँले तयार गरेका हुन् ।
कार्यकारी निर्माता सागर ज्ञवालीका अनुसार चलचित्रको छायाङ्कन तनहुँ र स्याङ्जाका बिभिन्न स्थानमा गरिनेछ । छायाङ्कन कार्य शनिवारदेखि सुरु हुने तयारीमा छ । रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने चलचित्रको सह–निर्मातामा रविन श्रेष्ठ, बाबु सुवेदी, मनोज बजगाईँ र ईश्वर बजगाईँ रहेका छन् ।
चलचित्रमा महेश पौडेलको छायाङ्कन र रोमी तण्डुकारको सम्पादक रहने छ । चलचित्रका गीतमा राजेन्द्र थापा, आनन्द अधिकारी, गोपाल अधिकारी र हर्क साउदको शब्द र हरि लम्साल, राजनराज सिवाकोटी, एसडी योगी र उज्ज्वल सागरको संगीत रहने छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
