विकास बोर्डको आयोजनामा 'मेकअप' कार्यशाला सुरु
चलचित्र विकास बोर्डको आयोजनामा कर्णाली प्रदेशका चलचित्रकर्मीहरूका लागि "फिल्मी मेकअप" सम्बन्धी पाँचदिने कार्यशाला आज एक विशेष समारोहका बीच सुरु भएको छ ।
वरिष्ठ नाट्यकर्मी तथा कलाकार यमनारायण आचार्यको सभापतित्वमा भएको कार्यक्रम चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष गणेश भण्डारीको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो । बोर्ड सदस्य राजु के.सी. को संयोजनमा सञ्चालन भइरहेको कार्यशालामा २७ जना स्थानीय चलचित्रकर्मीहरूको सहभागिता रहेको छ ।
चलचित्रकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यशालामा नेपाली चलचित्रका वरिष्ठ सौन्दर्यकर्मि एवं प्रशिक्षक शन्तु तामाङ द्वारा प्रशिक्षण प्रदान गरिनेछ। माघ ३० गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन हुने यो तालिमले स्थानीय कलाकारहरूलाई फिल्म निर्माणको महत्त्वपूर्ण पक्ष—मेकअप—बारे व्यावहारिक ज्ञान प्रदान गर्दै उनीहरूको दक्षता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
