‘माइतीघर’को भिडियो प्रतियोगीतामा कसले जित्यो ५ लाख पुरस्कार ?
फूलपातीको दिनबाट रिलिजमा आएको चलचित्र ‘माइतीघर’ले दर्शकहरुको राम्रो साथ पाइरहेको छ । रिलिजको दिनबाट नै दर्शकको साथ पाइरहेको चलचित्रको वर्ड अफ माउथ बलियो हुँदा व्यापार पनि बढीरहेको जनाइएको छ ।
रिलिज पूर्व नै निर्माण टिमले चलचित्रको शिर्ष गीतमा भिडियो प्रतियोगीता आयोजना गरेको थियो । ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीतमा आयोजना गरिएको भिडियो प्रतियोगीताका विजेताको नाम दशैं लगत्तै घोषणा गरिएको छ ।
प्रतियोगितामा सहभागी भएका हजार भन्दा बढी भिडियाबाट २ वटा भिडियोलाई उत्कृष्ट ठहराउँदै त्यसका सर्जकलाई विजेता घोषणा गरिएको हो । उक्त भिडियोहरु शनिबारबाट चलचित्रमा समावेश गरिएको जनाइएको छ ।
निर्णायक कोरियोग्राफर कविराज गहतराजले विजेता छनोट गरेका हुन् । जसमा, दुवै जना विजेता बुटवलका छन् । बुटवलका सुरज सिंजाली मगर र वुटवलको कालिकानगरमा रहेको नाश्री डान्स एकेडेमीका बालिकाहरुको समुहले भिडियो प्रतियोगीता जितेका छन् । दुई जना विजेताले समान अंक ल्याएका कारण दुवै जनालाई विजेता घोषणा गरिएको निर्माणपक्षले बताएको छ ।
विजेतालाई ५ लाख नगद पुरस्कार दिने घोषणा यसको निर्माणपक्षले गरेको थियो । निर्माता अधिकारीले भने–‘यसपटक सुरज सिंजाली र नाश्री डान्स एकेडेमीका बहिनीहरुको प्रतिस्पर्धा निकै नै कडा भयो । यसैले, निर्णायक कविराज गहतराजले दुवैलाई विजेता घोषणा गर्नुभएको छ । अब, हामी दुवै समुहलाई जनही साढे २ लाख पुरस्कार दिनेछौं ।’
मिलन तामाङको निर्देशन रहेको चलचित्रमा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ । बलियो वर्ड अफ माउथका कारण चलचित्रको व्यापार सुखद रुपमा अगाडि बढिरहेको छ । निर्माणपक्षले व्यापारिक आँकडा भने सार्वजनिक गरेको छैन ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
