मोफसलका दर्शक भेट्दै केदार, धीरज र उपासना
चलचित्र ‘माइतीघर’को टिम यतिबेला मोफसल यात्रामा छ । प्रदर्शनकै दिनबाट उपत्यकाका दर्शकसँग भेटघाट गर्दै प्रतिक्रिया लिइरहेको टिम यो साता भने मोफसलका दर्शको प्रतिक्रिया लिन पुगेको हो । टिममा निर्माता रोहित अधिकारी र निर्देशक मिलन तामाङ सहित कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, धीरज मगर, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, शिशिर वाङदेल छन् ।
मोफसल यात्रा उनीहरूले नेपालगञ्जबाट थालेका हुन् । टिमले मंगलबार नेपालगञ्जकै क्यूएफएक्स बागेश्वरीमा हलमा दर्शक भेट्दै प्रतिक्रिया लिएको थियो । नेपालगञ्जका दर्शकले फिल्मको बारेमा एकदमै राम्रो प्रतिक्रिया दिएको निर्माता रोहित अधिकारीले बताए । दर्शकले फिल्मको अर्को सिक्वेल समेत माग गरेको उनको भनाइ छ ।
दर्शक भेट्नु भनेको आफ्नो अभिनयको के कस्तो छ त्यो थाहा पाउनु भएको कलाकार केदार घिमिरेले बताए । ‘दर्शकबाट मैले अभिनय प्रतिक्रियाको अलवा आफुले सुधार गर्नुपर्ने विषय पनि लिएको छु,’ घिमिरेले भने ‘यसले आगामी दिन अगाडि बढ्न मद्दत मिल्छ ।’
कलाकार टोली नेपागञ्जबाट दाङ, बुटवल र चितवन हुँदै काठमाडौँ फर्किनेछ । फूलपातीबाट देशभर प्रदर्शनमा आएको चलचित्र यतिबेला दोस्रो सातामा प्रदर्शन भइरहेको छ ।
Latest Updates
-
-
-
राजनीतिमा होमिएकी रिमालाई केकीको शुभकामना, निडरता र साहस नै सबैभन्दा ठूलो शक्ति हो
-
-
-
राजनीतिमा अभिनेत्री निशाको प्रवेश, रोजिन ‘गतिशिल लोकतान्त्रिक पार्टी’
New Releases (Kartik 21)
-
Jaari 2
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Bijay Baral, Buddhi Tamang, Reecha Sharma -
Man Binako Dhan
Director : Tanka Budhathoki
Casts : Ashok Darji, Neeta Dhungana, Saroj Khanal, Buddhi Tamang, Bholaraj Sapkota
Next Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla
