शुक्रबारबाट चलचित्र ‘मैले आई लभ यू भन्नै सकिनँ’
आगामी शुक्रबारबाट चलचित्र ‘मैले आई लभ यू भन्नै सकिनँ’ प्रदर्शनमा आउने भएको छ । सोमवार आयोजित एक कार्यक्रमका बिच चलचित्रको गीत र ट्रेलर सार्वजनिक गर्दै चलचित्र प्रदर्शनको घोषणा गरिएको हो ।
ट्रेलरमा एक्सनलाई प्राथमिकता दिइएको छ भने ‘मुस्ताङको बजार’ बोलको गीतमा राजेश पायल राई र मेलिना राईको स्वर रहेको छ । गीतमा दीपक रमनको शब्द तथा संगीत छ । गीतमा चलचित्रका कलाकारहरु सुजन नेपाल, सुरवीर पण्डित, राजाराम पौडेल, बुद्धि तामाङ, अञ्जली अधिकारी, सुनिल भुषाल, जयनन्द लामा, सुरज कार्की, सुभाष नेपाली लगायतको नृत्य रहेको छ ।
गाउँमा लाग्ने मेलाको सेटअपमा खिचिएको गीतका कोरियोग्राफर कविराज गहतराज हुन् । शंकर कार्की र बाबु जिम्बाको संयुक्त निर्देशनमा तयार भएको चलचित्रको असिस्टेन्ट निर्देशकमा प्रणव सुवेदी छन् । शंकर कार्कीको कथा, वीर मास्टरको द्वन्द्व, आशिया जिम्बा र सुशील डांगीको छायांकन रहेको चलचित्रमा आशिष जिम्बाको सम्पादन रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
