इलामबाट शुरु भयो ‘मैझारो’ छायाँकन
चलचित्र ‘मैझारो’को छायांकन शुरु गरिएको छ । साउने सक्रान्तिको अवसर पारि नेपालको पूर्वी पहाडी जिल्ला इलामबाट चलचित्रको छायाँकन शुरु गरिएको हो ।
‘तक्मेबुढा’ नामबाट चर्चित अभिनेता विल्सन विक्रम राईले चलचित्रको निर्देशन गर्दैछन् । उनकै कम्पनी ‘तक्मे प्रोडक्सन’को ब्यानरमा चलचित्र निर्माण हुने छ ।
चलचित्रको छायांकन इलाम र पाँचथर जिल्लाका विभिन्न स्थानहरूमा हुने बताइएको छ। चलचित्रमा पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई आधार बनाइएको निर्देशक राईले जानकारी दिए । चलचित्रको लेखन समेत राई स्वयंले गरेका हुन् ।
चलचित्रमा धिरज मगर, मिरुना मगर, दिया पुन, सुनिल थापा, कविता आले, पुस्कर गुरुङ, अभयराज बराल, उदय सुब्बा, बुद्धि तामाङ, रजनी गुरुङ, विशाल लिम्बू,सुभाष सिंह ठकुरी लगायत कलाकारहरूको अभिनय रहनेछ ।
सौरभ लामाको छायाँकन रहने चलचित्रमा अनमोल गुरुङको संगीत, तोरेम्पा हाङ राईको संयोजन, राजेश पायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू र अनमोल गुरुङको गायन रहने छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
