‘महापुरूष’मा यस्तो छ डेब्यु नायक अरुणको क्यारेक्टर
हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘महापुरूष’ले डेब्यु अभिनेता अरुण क्षेत्रीलाई चिनाएको छ । नयाँ पोस्टर सार्वजानिक गर्दै टिमले अरुणको क्यारेक्टरको बारेमा जानकारी दिएको छ । सार्वजनिक क्यारेक्टर पोस्टरमा अरुणले बाइक कुदाउदै गरेको देख्न सकिन्छ । उनको पछाडी हरिवंश रहेका छन् । उनीहरु बाइकमा गुड्दै गर्दा स्पीड ब्रेकरमा बाइक पुगेपछिको दृश्यलाई क्यारेक्टर पोस्टर बनाइएको छ । उनले चलचित्रमा विज्ञानको भूमिका निर्वाह गरेका छन् । उनी चलचित्रमा हरिवंशका कान्छा छोरा हुन्छन् ।
चलचित्रका लागि अरुण अडिसन मार्फत सेलेक्ट भएका हुन् । ‘मैले चलचित्रमा काम गर्ने सोच बनाएपछि नै केहि मेकर्ससँग काम गर्छु भन्ने सपना बोकेको थिएँ । त्यसमध्ये एक रविन्द्र दाई र प्रदीप दाई सहितको टिम थियो । उहाँहरुसँग जोडिन पाउँदा निकै उत्साहित छु’ अरुणले भने ।
‘हरिदाईसँग अभिनय गर्दा देखिएको आत्मविश्वासले हामीलाई उनमा कलाकार देखायो । उनले गरिरहेको मेहनत मात्र नभई मृदुभाषी मिलनसार हुनुका साथै काम पनि प्रसंसनिय छ । उनले अभिनयमा देखाइएको आत्मविश्वास गज्जब छ । एउटा राम्रो अभिनेता बन्नेछन्, अरुण’ निर्माता रबिन्द्र सिंह बानियँले भने ।
चलचित्र आउँदो कार्तिक ११ अर्थात् भाइटीकाको भोलिपल्ट प्रदर्शन हुँदैछ । सामाजिक विषयवस्तुमा आधारित चलचित्रमा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल , अरुण क्षेत्री, अन्जना बराइली, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुली लगायतको अभिनय छ ।
चलचित्रमा प्रदीप भट्टराईको लेखनसँगै निर्देशन रहेको छ। षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित चलचित्रका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
