चलचित्र ‘महाजात्रा’को टिजर सार्वजनिक
चलचित्र ‘महाजात्रा’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरले चलचित्र सत्ता र पैसामा आधारित रहेको संकेत गरेको छ । ‘जात्रा’ फ्रेन्चाइजको अघिल्ला दुई श्रृंखला पैसा र सुनमा केन्द्रित भएर बनेका थिए । यो तेस्रो सिरिज हो ।
प्रदिप भट्टराईको निर्देशन रहेको चलचित्रमा विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाका साथै राजाराम पौडेल र हरिवंश आचार्यको मुख्य भूमिका रहेको छ । यसका साथै वर्षा राउत, प्रवीण खतिवडा, शिशिर बाङ्देल, दिव्यदेव पन्त, गौमाया गुरुङ, प्रकाश घिमिरे र पुष्कर गुरुङको पनि अभिनय छ ।
निर्देशक भट्टराईले चलचित्रको कथा यसअघिका सिक्वलकै थिममा रहेको बताए । चलचित्रमा हासो र रोदनको मिश्रणलाई मौलिक रुपमा प्रस्तुत गरिएकाले यो शृङ्खला दर्शकको प्रिय बनेको र ‘महाजात्रा’ले त्यही बाटो पछ्याउने उनको दाबी छ ।
म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको संयूक्त निर्माण रहेको चलचित्रको डायस्पोरा प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ । चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, कुमार महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराजको नृत्य निर्देशन र आशिष अविरल संगीत रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
