‘महाजात्रा’ प्रदर्शनको ५१औँ दिन पुरा
चलचित्र ‘महाजात्रा’ले शनिवार प्रदर्शनको ५१औँ दिन पुरा गरेको छ । ५१ औँ दिनको अवसरमा काठमाडौंको सुनधारास्थित क्यूएएक्स सिभिल मलमा एक कार्यक्रम आयोजना गर्दै सफलताको केक काटिएको हो ।
२०८० चैत ९ गतेदेखि सार्वजनिक प्रदर्शनमा आएको यो चलचित्रले १३ वटा हलमा ५१ दिन पुरा गरेको हो । काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, वान सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, विग मुभिज, सिनेडी सेफ र मोफसलमा नेपालगन्जमा रहेको सिने रोयलमा चलचित्र प्रदर्शनरत् छ ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशन बनेको यस चलचित्रमा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । कार्यक्रममा अभिनेता आचार्यले यो सफलता ‘महाजात्रा’को मात्र नभएर सिङ्गो नेपाली चलचित्रको भएको बताए । अभिनेता दिव्य देवले आफ्नो करियरको सबैभन्दा सफल चलचित्र बनेकोमा दर्शकलाई धन्यवाद दिए । अर्का अभिनेता रवीन्द्र झाले पनि दर्शकलाई धन्यवाद दिए । निर्देशक प्रदीप भट्टराई, अभिनेत्री वर्षा राउत र अभिनेता रवीन्द्र सिंह बानिया भने नेपाल बाहिर रहेको कारण उपस्थित भएनन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
