‘माग्ने राजा’को टिजर सार्वजनिक
चलचित्र ‘माग्ने राजा’को टिजर सार्वजनिक गरिएको छ । हास्यरसले भरिएको टिजरमा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ हाबी छन् । ऋषि लामिछानेको निर्देशित चलचित्रको टिजरमा विल्सन विक्रम राई, शिशिर वाङ्देल र वर्षा सिवाकोटीलाई पनि स्थान दिइएको छ ।
कमेडी जनराका चलचित्रको टिजरमा हाँस्यरसका संवादहरु समावेश छन् । शिर्ष भूमिकामा रहेका कलाकार घिमिरेले आफ्नो चर्चित थेगो ‘हल्का रमाइलो’ यहाँ पनि बोलेका छन् ।
हरितालिका तीजको छेको पारेर भदौ ६ गतेबाट प्रदर्शन हुने चलचित्रमा शारदा गिरी, राधिका कँडेल, पवित्रा साकी (मिस पवी) लगायतको पनि अभिनय रहेको छ ।
आरम्भ प्रडक्सनको ब्यानरमा मुनाल घिमिरे प्रस्तुतकर्ता र मधुसुदन शर्मा निर्माता रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सेनाको लेखन, दिपक शर्माको संगीत र मित्र गुरुङको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
