यसकारण पलको जीवनसँग मेल खान्छ ‘म यस्तो गीत गाउँछु २’ को गीत

जबर्जस्ती करणी गरेको आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’को एक गीत सार्वजनिक गरिएको छ ।
गत शुक्रबारबाट प्रदर्शनमा रहेको यो चलचित्रको सार्वजनिक गीतका दृष्य भने पलले अहिले भोगिरहेको यर्थाथसँग केही हदसम्म नजिक रहेका छन् । चलचित्रको क्लाइमेक्समा पल शाहलाई प्रहरीले हतकडी लगाएको दृष्य छ । वास्तविक जीवनमा पनि पलले हिजो आत्मसर्मपण गरेका छन् । यतिबेला उनी प्रहरी हिरासतमै छन् ।
‘पीडा भएनी खुसी भएनी’ बोलको सार्वजनिक गीतमा पूजा शर्मा गायिकाको रुपमा छिन । स्टेजमा गीत गाइरहेकी उनको गीत सुन्न पल हतकडीसहित प्रहरीको साथमा कन्सर्ट पुगेका छन् । वास्तविक जीवनमा पनि उनले गिरफ्तारी दिनु अघि दर्शकसँग बसेर चलचित्र हेर्ने इच्छा व्यक्त गरेका थिए । यदी त्यसको लागि अनुमति पाएमा हतकडी लगाएर प्रहरीकै साथ हलमा उपस्थित हुने छन् ।
दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको गीतमा अञ्जु पन्तको स्वर छ । गीतको अडियो निकै कलियो छ । त्यसो त यो चलचित्रको सबैभन्दा बलियो पक्ष भनेकै अर्जुन पोखरेलको गीतसंगीत हो ।
सुदर्शन थापाको निर्देशन रहेको चलचित्रमा पल र पुजाका अलवा हरिहर शर्मा, बिशाल पहाडी, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल लगायतका कलाकारको अभिनय रहेको छ ।
Latest Updates
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal