कृषाको निर्देशनमा ‘जहाजैमा’ निर्माणको घोषणा, जापानी अभिनेत्रीको मुख्य भूमिका
केही दिन अघि चलचित्र ‘पिताम्बर’ निर्देशन गर्ने पक्का गरेकी कृषा चौलागाईको निर्देशनमा बन्ने चलचित्र ‘जहाजैमा’मा को घोषणा गरिएको छ ।
चलचित्रको नाम सहितको थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । सार्वजनिक पोस्टरमा एक जना पुरुष जहाज चढ्नका लागि विमानस्थलमा लगेज बोकेर जाँदै गरेको देख्न सकिन्छ। निर्देशक चौलागाईंका अनुसार चलचित्रले जापान जाने सपना बोकेका युवाहरुको कथा भन्नेछ ।
यूएनए प्रोडक्सनको निर्माण रहने चलचित्रमा उज्ज्वल गुरागाईंको लगानी रहने छ । केही दिन जापान भ्रमणको क्रममै कृषाले चलचित्र निर्देशनको सम्झौता गरेकी थिइन । भदौबाट छायाँकन थालिने जनाइएको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन रहनेछ ।
नेपाल, जापान र फिलिपिन्समा छायांकन गरिने चलचित्रमा नेपाल र जापानका कलाकारहरूको अभिनय रहने जनाइएको छ । चलचित्रमा जापानी अभिनेत्री रजेल इचिमियाको मुख्य भूमिका रहने जनाइए पनि अन्य कलाकारबारे केही खुलासा गरिएको छैन ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
