धुर्मुस् सुन्तलीको चलचित्र ‘मत मर्छु कि क्याहो’ युट्युवमा

लोकप्रिय कलाकार सिताराम कट्टेल (धुर्मुस्) र कुन्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको चलचित्र ‘मत मर्छु कि क्याहो’ युट्युवमा सार्वजनिक गरिएको छ । कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो चलचित्र २०७८ सालमा ओटिटी प्लेटफर्म ‘ओहो मुभिज’मा रिलिज भएको थियो ।
चलचित्रमा धुर्मुस् र सुन्तलीसँगै रबि गिरी, बुद्दि तामाङ, बिजय बराल, पल्पसा डंगोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशिला थापाको अभिनय रहेको छ ।
धुर्मुस् र सुन्तलीकै लेखन तथा निर्देशन रहेको चलचित्रमा सुदिप बरालको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung