‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ सार्वजनिक
आगामी चैत २९ गते रिलिज हुने फिल्म ‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ सार्वजनिक भएको छ । गीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर, आनन्द अधिकारीको शब्द र आशिष अविरलको संगीत छ ।
तराईको लोकेसनमा सेट बनाएर छायांकन गरिएको गीतमा फिल्मका प्रमुख कलाकार प्रदीप खड्का, दिव्या रायमाझीको जोडीलाई कोरियोग्राफर कविराज गहतराजले उत्कृष्ट ढंगले प्रस्तुत गरेका छन् । सय बढी कोरसमा प्रदीप र दिव्याको बोन्डिङ राम्रो देखिएको छ । प्रदीपलाई सम्भवत पहिलोपटक दर्शकले कोरससहित नृत्य गरेको देख्दैछन् । अघिल्ला फिल्ममा प्रदीपलाई दर्शकले कमैमात्र कम्मर मर्काएर नाँचेको देख्न सकिन्छ । कोरस र कोरियोग्राफरले पनि गीत अनुसार राम्रो मेहनत गरेका छन् ।
दरबारीया शैलीमा तयार पारिएको सेटका हरेक प्रोपर्टीलाई उत्कृष्ट ढंगले सजाइएको छ । कोरियोग्राफी, कोरस र कलाकारको प्रस्तुती हेर्दा यसको मेकिङ शैली अन्तर्राष्ट्रियस्तरको देख्न सकिन्छ । कलाकार र कोरसको पहिरनलाई सेटको थिम अनुसार प्रस्तुत गरिएको छ ।
निर्माता विशाल चौलागाईंका अनुसार गीतका लागि भारतबाट सेटसहित कामदार ल्याइएको थियो । ‘तराईंको लोकेसनमा फिल्म खिचिएकाले त्यहाँको माहोलमा सेट तयार गरेका हौं । सेट निर्माणमा कुनै पनि कञ्जुस्याई गरेका छैनौं । यो गीत छायांकन हुँदा झण्डै ६ हजार स्थानीय भेला भएका थिए । क्यामराको फ्रेममा स्थानीय पर्ने सम्भावना उत्तिकै थियो । तर स्थानीयलाई फ्रेममा नपारीकन निकै चुनौतीपूर्ण रुपमा यो गीतको काम पुरा गर्यौ’, विशालले भने ।
बुढासुब्बा डिजिटलबाट सार्वजनिक गीतमा फिल्मका कलाकारहरु प्रदीप र दिव्यासँगै प्रमोद अग्रहरि, सुपुष्पा भट्ट, दिव्य देव, बाल कलाकारद्वय आध्या लामिछाने र सुप्रोल बुढाथोकी (अनमोल)को अभिनय छ ।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा कृषा चौलागाईंको निर्देशन छ । फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ ।
फिल्ममा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्या लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी९अनमोल०ले समेत अभिनय गरेका छन् । फिल्म ‘ऐंचो पैचो’बाट निर्देशनमा पाइला चालेकी कृषाले यसअघि ‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलास’ निर्माण गरिसकेकी छन् ।
विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, काला चरनको पाश्र्व संगीत, रेनिस फागोको कलर ग्रेडिङ, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ । फिल्म आरआर फिल्मसले वितरण गर्दैछ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
