चलचित्र ‘म’ प्रदर्शन

लेन्सनेपाल २०७९ श्रावन २०
चलचित्र ‘म’ प्रदर्शन

निर्देशक सुवर्ण थापाद्वारा निर्देशित सस्पेन्स शैलीको चलचित्र ‘म’ आजबाट प्रदर्शनमा आएको छ । चलचित्रमा अस्पतालमा बिरामी भएर भर्ना भएका एक व्यक्ति र उसले अस्पतालबाट गर्ने आपराधिक गतिविधिलाई प्रमुख विषयवस्तु बनाइएको छ ।

कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको चलचित्रका क्रिएटिभ निर्माता प्रकाश पुरी हुन् । चलचित्रमा निशा अधिकारी, सबीन श्रेष्ठ, सरोज खनाल, निराजन प्रधान, रुविना थापा, नरेन खड्का, सरीता लामिछानेसँगै नयाँ अनुहारहरु संजोग रसाईली र पुनम श्रेष्ठको अभिनय छ ।

चलचित्रमा तेन्जिङ पाल्देनको छायांकन, बनिष शाहको सम्पादन छ । चलचित्रका निर्माता विमला हुमागाई र पदम पुरी हुन् ।