‘गुन्यु चोलो’को गीत ‘म फूल हुँ कि काँडा’ सार्वजनिक
चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘म फूल हुँ कि काँडा’ बोलको गीतमा लेखु सहयात्रीको शब्द, संगीत र मनिषा पोखरेलको स्वर छ ।
समुन्द्र भट्टको निर्देशन रहेको चलचित्र लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ । गीतको भिडियोमा चलचित्रमा पारालैंगिक महिलाको भूमिका निभाएका नाजिर हुसेनको नृत्य देख्न सकिन्छ । भिडियोमा सुशील सिटौलालाई पनि देख्न सकिन्छ ।
भदौ १३ गते रिलिज हुने चलचित्रमा नाजिर र सुशीलसँगै सञ्चिता लुइँटेल, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारीलगायतको अभिनय रहेको छ ।
नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा निर्मित चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ । चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन् ।
चलचित्रमा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ । चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन् ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
