‘लण्डन टु पेरिस’को टिजर सार्वजनिक
जेठ २५ गतेबाट रिलिज हुने चलचित्र ‘लण्डन टु पेरिस’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा कलाकारहरु निश्चल खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको प्रेम र खटपटलाई स्थान दिइएको छ ।
टिजरमा अन्य कलाकारहरु कवीर खड्का र गरिमा शर्मालाई पनि राम्रो स्थान दिइएको छ । घनश्याम लामिछाने निर्देशित चलचित्रमा निश्चल, साम्राज्ञी, कवीर र गरिमाका साथै रुष्मा थापा, मनीष श्रेष्ठ, लोकविक्रम मल्ल र मनीष गान्धीको पनि अभिनय छ । यही चलचित्रबाट निश्चल र गरिमाले फिचर चलचित्रमा डेब्यू गर्दैछन् ।
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको चलचित्रमा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको चलचित्रका निर्माता आरोन बस्नेत, एरियाना बस्नेत र परी राना हुन् ।
सनिश खकुरेल र अजित केआर थापा सह–निर्माता रहेको चलचित्रमा अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माता छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
