जेठ २५ गते ‘लन्डन टु पेरिस’ रिलिज हुने
अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले डेब्यू अभिनेता निश्चल खड्कासँग जोडी कसेको रोमान्टिक चलचित्र ‘लन्डन टु पेरिस’ जेठ २५ गते रिलिज हुने भएको छ । निर्माण पक्षले चलचित्रको एक पोस्टर रिलिज गर्दै रिलिज मिति घोषणा गरेको हो ।
सार्वजनिक पोस्टरमा साम्राज्ञी र निश्चलले रोमान्टिक मुडमा लिपलक गरेका छन् । चलचित्रमा साम्राज्ञी तथा निश्चलका अलावा कविर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ। निश्चलका अलवा गरिमाले पनि यसै चलचित्रबाट ठुलो पर्दामा डेब्यू गर्दैछिन्।
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको चलचित्रमा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्सम् लिमिटेडको निर्माण सहकार्य रहेको छ । चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।
चलचित्रले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । सनिश खकुरेल चलचित्रको सहनिर्माता हुन् भने अंकित गौतम यसका कार्यकारी निर्माता हुन् ।
चलचित्रमा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी रहेको छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
